यस विद्यालयको पृष्ठभूमि यसप्रकार रहेको छ । अशिक्षा र दुर्गमताको भूमरी सँग दलित तथा आदिवासी जनजातीका बासिन्दाहरु ल्ुाकामरी गर्दै आएका छन । यहि लुकामारी गर्ने क्रममा क्रमबद्ध रुपमा यहा पहिला प्रौढ शिक्षा र त्यसपछि वालशिक्षा हुदैँ २०३५ साल पौष ६ गते देखि श्री मोती लाल पन्त ज्यू लाई निजि स्रोत बाट तलब भत्ता खाने गरि श्री अरनिको प्रा.वि. नामक एक विद्यालय सञ्चालन गरियो । विद्यालय सबैको पाएक पर्ने ठाँउमा भएका कारण अरनिकाबस्ती , दशरथबस्थी ,मोतीबस्ती र “ग” गाउँका स—साना धुलोसँग रमाउने बच्चाहरुले झोला बोक्न र किताब कापी सँग खेल्न सिके । आजका कलिला मुना शिक्षाको ज्योती पाएर चहकिला तारा झै उडाई प्रकाश दिने छन भन्ने कुरालाई मनन गर्दै हाल यो विद्यालयमा निरन्तर कक्षा ८ सम्म सञ्चालनमा छ । कच्चीकटेरो हुदैँ पक्की भवन र ३ वटा ट्रष्ट गरी जम्मा ५ वटा र ५ जना प्रा.वि.दरबन्दी ,१ जना राहत दरबन्दी १जना न.पा.अनुदान,३ जना निजि स्रोतका शिक्षक,१ जना वाल विकास र १जना परिचर गरी जम्मा ११ जना कार्यरत रहेका छन । आवश्यक फर्निचर,आवश्यक पानीका धारा १ खेल मैदान रहेको छ र विद्यालयको नाममा दर्ता भएको अन्दाजी ४ विघा जमिन रहेको छ । यस पुर्नवास न.पा. २ अरनिकोबसतीका समस्त शिक्षक ,विद्यार्थी ,अभिभावक लगाएत यस क्षेत्र भित्रका सम्पूर्ण सरोकारवालाहरु,शिक्षा प्रेमि ,बुद्धिजिवि समाजसेवी महानभावहरुको सक्रियतामा पुर्नवास न.पा. २ अरनिकोबस्तीको एक माध्यममा स्थायी रुपमा आफ्नै स्रोत र साधनले २०३५ साल पौष ६ गते देखि विद्यालय सञ्चालन भई गाँउवासी हरुकै सहयोग तथा श्रमदान बाट कच्ची भवन निर्माण गरिएको थियो । तत्कालिन पुनर्वास कम्पनी बाट निर्मित ६ कोठे निर्मित भवनमा पठनपाठन भएको थियो । हाल अहिले २ कोठे भवन र ३ वटा जिल्ला समन्वय ईकाईको अनुदान बाट निर्माण भएकोछ । २ वटा कम्प्युटर ,१२ वटा भित्ते कालो पाटीको व्यवस्था भएको ९ वटा प्लाईउड सेतोपाटीभएको र अहिले प्रत्येक कक्षामा फर्निचर तथा बुककर्नरको व्यवस्था आवश्यक रुपमा रहेको छ ।
गुणस्तरिय शिक्षा आजको आवश्यकता र साक्षर अभिभावक हाम्रो गौरब भन्ने नारालाई आत्मसाथ गर्दै अघि बढ्ने बाचा गर्दछौं । कुनै पनि विद्यालयको शैक्षिक प्रगती तथा स्तरिय पठन पाठन र असल अनुसासन कायम राख्नु नै उक्त विद्यालयको प्रगति हो भन्ने कुरामा हामी विस्वस्तछौं । शिक्षाको गुस्तर प्रभावकारी पार्न र विद्यालयमा अध्यनरत गरिव,दलित र जेहन्दार छात्रा छात्र हरुका लागि विभिन्न निकाय,बुद्धिजिवी र अभिभावक ज्यू हरुबाट यस विद्यालयमा भौतिक,आर्थिक तथा नैतिक सहयोग हुदैआएको कुरा अवगत गराउन चाहन्छु ।हाम्रो उदेश्य भनेको गुणस्तरीय शिक्षा प्राप्ति मात्र हो ।
